दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब रुपैयाँको कारोबार


काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ११ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी २ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको १९ करोड १३ लाख २४ हजार ३९४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.७४ प्रतिशतले बढेको छ ।

त्यस्तै नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।