रियलमीको नार्जो ७० प्रो फाइभ जी र रियलमी १२एक्स फाइभ जी नेपाली बजारमा आउँदै


काठमाडौँ । रियलमीले आफ्नो लाइनअपमा दुई नयाँ स्मार्टफोनहरू– रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२एक्स फाइभ जी नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।

रियलमी १२एक्स फाइभ जीमा १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले २००० निट्ससम्मको पीक ब्राइटनेस प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनु्सार रियलमी नार्जो ७० प्रो फाइभ जीमा पनि २००० निट्सको पीक ब्राइटनेस र १२० हर्जको अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले छ, जसले अद्वितीय भिजुअल क्ल्यारिटी र भ्युइङ एक्स्पिरियन्स प्रदान गर्दछ ।

दुवै स्मार्टफोनहरूमा ५००० एमएएच्को शक्तिशाली ब्याट्री छ, जसले गर्दा प्रयोगकर्ताहरूले फोन आरामसँग चलाउन सक्छन् ।

नार्जो ७० प्रो फाइभ जी

नार्जो ७० प्रो फाइभ जीको फ्ल्यागशिप सोनी आइएमएक्स ८९०ओआइएस् क्यामरा र मास्टर शट एल्गोरिदमले उत्कृष्ट फोटोग्राफीको अनुभव गर्न पाउने जनाइएको छ ।

यसमा २००० निट्सको पीक ब्राइटनेस र १२०हजर्को अल्ट्रा स्मूथ एमोलेड डिस्प्ले रहेको छ, जसले उत्कृष्ट भिजुअल क्ल्यारिटी प्रदान गर्दछ । त्यस्तै यसमा भएको डाइमेन्सिटी ७०५० फाइभ जी चिपसेटले फोनको हरेक फंक्सनहरु हाई पर्फर्मेन्स र स्मूथ हुन्छन् । ५००० एमएएच्को शक्तिशाली ब्याट्री र ६७ वाटको सुपरभोक चार्जको साथ आउन लागेको नार्जो ७० प्रो फाइभ जी पावर र पर्फर्मेन्सको सम्मिश्रण हो ।

रियलमी १२एक्स फाइभ जी
रियलमी १२एक्स फाइभ जीमा रहेको एड्भान्स्ड ६ एन्एम् डाइमेन्सिटी ६१००+ फाइभ जी चिपसेटले राम्रो प्रदर्शन र प्रभावकारीता प्रदान गर्ने जनाइएको छ ।

कम्पनीका अनुसार ९५० निट्सको पीक ब्राइटनेस र १२० हर्जको एफ्एच्डि प्लस डिस्प्ले भएको यो रियलमी १२एक्स फाइभ जीले चुस्त र जीवन्त भ्युइङ एक्स्पिरियन्स प्रदान गर्दछ ।

रियलमी १२एक्स फाइभ जीको ५० एमपी कलर एआइ क्यामराले मिहिनताका साथ उत्कृष्ट फोटो लिन सक्छ । त्यस्तै ५००० एमएएच्को शक्तिशाली ब्याट्री र ४५ वाटको सुपरभोक चार्जले दिनभर फोन पावरमा राख्ने जनाइएको छ ।

रियलमी नार्जो ७० प्रो फाइभ जी र रियलमी १२एक्स फाइभजीले रियलमीको इनोभेसनप्रतिको प्रतिबद्धतालाई जारी राख्दै प्रयोगकर्ताहरूलाई शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनका स्मार्टफोनहरू प्रदान गरेको उल्लेख गरेको छ ।