सोमबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ। सोमबार सुनको मूल्य घटेको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर १ लाख ४५ हजार रुपैयाँ कायम रहेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेर कीर्तिमानी बनाएको थियो ।

आज तेजावी सुनको मूल्य १ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ लाख ८९० रुपैयाँ खरिद विक्री भइरहेको छ ।