काठमाडौँ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबार तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्