काठमाडाैँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनको लागि योजनाले प्रक्षेपण गरेको बजेट सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् ।
मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा न्यायपालिकाको पाँचाैं पञ्चवर्षिय रणनीतिक योजना सार्वजनिक गर्दै उनले योजनाले प्रक्षेपण गरेको कानूनी सुधारका लागि पनि ध्यान दिन नेपाल सरकार र संघीय संसदका सांसदहरुलाई सचेत गराए । उनले सो रणनीतिक योजना कार्यान्वयनमा केन्द्रित हुन मातहतका निकायलाई पनि निर्देशन दिए ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायको पहुँचमा रहेका अवरोधहरुलाई हटाई न्यायमा सबैको पहुँच सुनिश्चिता गर्न आवश्यक रहेको समेत बताए ।
न्यायपालिकाको भुमिका र जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्दै आम नागरिकका न्यायपालिकाप्रतिको अपेक्षाहरुको सम्बोधन तथा सुदृढ एवं जनआस्थामा आधारित न्याय पालिकाको प्रवद्र्धन गर्न योजनावद्ध सुधारको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू प्रतिवद्ध भएर लागिपर्ने उनकाे भनाइ छ ।
प्रधानन्यायाधीश श्रेष्ठले स्वच्छ, निष्पक्ष, छिटोछरितो, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गरेर मात्रै आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न सकिने बताउनु भयो । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्