संविधान संशोधन गर्ने कामलाई तत्काल अघि बढाउँछौः कानूनमन्त्री चौरसिया


काठमाडाैँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान संशोधन गर्ने कामलाई अघि बढाउने बताएका छन् ।

मंगलवार ललितपुरमा आयोजित न्यायपालिकाको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री चौरसियाले सत्तारुढ नेपाली काँग्रेस र एमालेबिच संविधान संशोधन गरेर अघि बढ्ने सहमती भएकाले त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्नु आफूहरूको दायित्व भएको बताए । उनले विगत ८\१० वर्षको अवधिमा संविधानमा देखिएको कमजोरी हटाउनका लागि सरकारले संविधान संशोधनको कामलाई अघि बढाउन लागेको पनि बताए ।

संविधानमा देखिएको समस्या समाधान गर्ने र समावेशी चरित्र पनि कायम राख्ने दायित्वका साथ सरकारले संविधान संशोधनको कामलाई अघि बढाउने मन्त्री चौरसियाको भनाइ थियो ।