प्रधानमन्त्री ओली र अमेरिकी राजदूत थम्पसनबिच भेटवार्ता


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनले भेटवार्ता गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबिचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदूत थम्पसनले जानकारी दिए ।

उनले अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको बताएका छन् ।

Skip This