इजिप्टको गहुँको भण्डार लगभग ७ महिनाको लागि पर्याप्त


इजिप्टका आपूर्ति र आन्तरिक व्यापारमन्त्री शेरिफ फारुकले देशको गहुँको भण्डार ६.९ महिनाको लागि पर्याप्त रहेको बताएका छन् । फारुकले स्थानीय किसानहरूबाट गहुँको खरिद र मन्त्रालयले हालै बुल्गेरिया र रसियाबाट ७ लाख ७० हजार टन गहुँ खरिद गरेर यो भण्डार सुरक्षित गरिएको बताए ।

उनले सहुलियतपूर्ण रोटी उत्पादनका लागि छुट्याइएको गहुँको रणनीतिक भण्डारलाई ६ महिनासम्म प्रवद्र्धन गर्न सरकार तत्पर रहेकोमा जोड दिए ।

इजिप्टको सरकारले परम्परागत फ्ल्याटब्रेडको सहुलियत मूल्यलाई ०.२ इजिप्टियन पाउण्ड (लगभग ०.००४१ अमेरिकी डलर) जुन १ देखि राष्ट्रव्यापी रूपमा चार गुणा बढाएर सार्वजनिक बजेटमा भारी तनाव कम गर्न तीन दशकमा पहिलो पटक गरेको छ ।

वर्षौंदेखि लगभग ७० मिलियन मानिसहरू वा इजिप्टको जनसंख्याको ६० प्रतिशत आफ्नो पेट भर्नको लागि लामो समयदेखि चलिरहेको रोटी अनुदान योजनामा निर्भर छन् । मूल्यवृद्धि अघि सरकारको प्रत्येक रोटीको उत्पादन लागत १.२५ पाउण्ड थियो ।