डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्नु गतलः सांसद बस्नेत


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृति राम्रो नभएको बताएका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको समाधान तथा निरुपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरूबाट गर्न जरुरी रहेको बताएका हुन् ।

उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौता समाधानमा विधि र नियम भन्दा बाहिर गएर काम गरिरहेको बताए ।उनले सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा गलतबाट गएको भन्दै सचेत गराए ।

उनले भने,”डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको विषय छ । त्यसको निरुपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरु पनि छ । सरकार त्यो बाटो हिँड्नुप¥यो । कुरा सुशासन र विधि,नियम गर्ने तर समाधान ठाडो निर्देशनमा खोज्ने । सरकार गलत बाटो हिँड्दैछ । सभामुखमार्फत सचेत गराउन चाहन्छु।”

उनले नियमक निकायहरूले दैनिक कार्यकारी र व्यवस्थापकिय कामहरूमा रुचि देखाएर आफूलाई विवादित बनाउन नहुने बताए ।