६ उद्योगको बिजुली जोड्ने विद्युत् प्राधिकरणको निर्णय


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ६ वटा उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको छ।

मंगलबार बसेको प्राधिकरणको बोर्ड बैठकले रिलायन्स घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, रिलायन्स स्पिनिङ मिल, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको विद्युत जडान गरिदिने निर्णय गरेको हो।

विद्युत महसुल नबुझाएको भन्दै असार २५ गतेदेखि प्राधिकरणले ती उद्योगको बिजुली काटेको थियो। आगामी तीन महिनाभित्र बक्यौता महसुल बुझाउनुपर्ने सर्तमा प्राधिकरणले बिजुली जोडेको हो।

प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणलाई उद्योगमा काटिएको बिजुली जोड्न निर्देशन दिएका थिए।