काठमाडौँ । मन्त्रिपरिषदको बैठकले लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ।
आज (बिहीबार) सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ ।
गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो। त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो।
प्रतिक्रिया दिनुहोस्