यसरी मनाइयाे ललितपुरको खोकनामा चौथो कोदो दिवस (फाेटाे फिचर)


काठमाडौँ । ललितपुरको खोकनामा कोदो रोपेर चौथो कोदो दिवस २०८१ मनाइएको छ ।

‘कोदोको योगदानः खाद्य तथा पोषण सुरक्षामा बरदान’ भन्ने नाराका साथ खोकानामा राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एग्रिकल्चर जर्नालिष्ट एसोसिएसन अनाजको संयुक्त आयोजना तथा ललितपुर महानगर कार्यसमिति नगर महासंघ, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन र भिएसओ नेपालको सहकार्यमा मंगलबार चौथो ‘कोदो दिवस २०८१’ मनाएको हो ।

जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लागि उपयुक्ततबारे जनचेतना अभिविद्ध गर्ने उद्देश्यले ७० भन्दा बढी देशहरूकाे समर्थनमा सन् २०२१ मार्चमा संयुक्त राष्ट्रसघको महासभाले २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षको रूपमा मनाएको थियो ।

तस्बिरः अर्जुन भुसाल