यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


काठमाडाैँ । सरकारले नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी अशोकराज सिग्देललाई दिएको छ ।

बुधवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८१\०८२ का लागि राजपत्राङ्कित श्रेणी वा सो सरहका जम्मा ५९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको बताए । उनले नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणीका अधिकृतहरूको सरुवा गरेको छ ।

जसमा रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगम कार्यालय, अर्जुनप्रसाद पोखरेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मधुकुमार मरासिनी उपराष्ट्रपतिको कार्यालय, गोकर्णमणि सुवेदी राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारी, सुरेश आचार्य जल तथा उर्जा आयोगको सचिवालय, भरतमणि सुवेदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रमिलादेवी बज्राचार्य खानेपानी मन्त्रालय, मधुसुदन बुर्लाकोटी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव, डा. रामप्रसाद घिमिरे अर्थ मन्त्रालय सचिव, किरणराज शर्मा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, डिल्लीराम शर्मा लोकसेवा आयोगमा सचिव, रामकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गोपालप्रसाद सिग्देल उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, रामेश्वर दंगाल रक्षा मन्त्रालय, मुकुन्दप्रसाद निरौला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सर्जुकुमार वैद्य प्रमुख अधिकृत राष्ट्रिय शतर्कता केन्द्र, नारायणप्रसाद शर्मा हुमागाईं राष्ट्रपतिको कार्यालय, केशवकुमार शर्मा बिडारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, रामआधार साह नेपाल ट्रस्टको कार्यालय, सचिव, घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, दिनेशकुमार घिमिरे अर्थ मन्त्रालयको राजश्व सचिव, राधिका अर्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवमा सरुवा गरेको हो ।

सरकारले नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम वागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।