सरकारले मिडियालाई कमजोर हुन दिँदैनः उपप्रधानमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका छन्।

मुलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधवार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिवद्धता व्यक्त गर्दै उनले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रुपमा लिने पनि बताए।

उनले सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाएर लैजाने बताए। सरकारकाप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने भनाइ उनको छ ।

लोकतन्त्रको सबलीकरणका लागि मिलेर अघि बढ्न गर्दे उनले सरकारले सापेक्षित रुपमा राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक रुपान्तरणका एजेण्डा अघि बढाइ मुलुकलाई समृद्धितर्फ डो¥याउनेतर्फ सरकार केन्द्रित रहेको जनाए।

स्थिरता र स्थायित्वको सवालमा विश्वास गर्नसक्ने स्थानमा आएको दाबी अर्थमन्त्री पौडेलको छ।

उनले भने, “सरकारले मिडिया हाउस र मिडियालाई कमजोर हुन दिँदैन । यति चाहीँ दाबीका साथ भन्छु । यहाँहरुले उठाएका मुद्दालाई व्यवस्थित रुपमा हेर्नेछु । सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धका बारेमा धेरै भन्नु पर्दैन । राजनीतिक दल र मिडिया, सरकार र मिडियाबीचको सम्बन्धलाई हामीले जीवन्त र घनिष्ट बनाएर लैजाऔँ । सरकारकाप्रति आलोचनाको हकलाई भने कुनै हिसावले कमजोर हुनु हुँदैन ।”

उपप्रधानमन्त्री पौडेलले देशको अर्थतन्त्रलाई शिथिलताको अवस्थाबाट गतिशिल, चलायमान बनाउनुपर्ने, उत्पादन, रोजगारी वृद्धि र उत्पादनका हरेक क्षेत्रकोृ आत्मविश्वास र मनोबल उठाउनुपर्ने अवस्था रहेको बताए।

उत्पादन वृद्धिसँगै राजश्व, पुँजीगत खर्च गर्ने सामथ्र्य वृद्धि, व्यापार असन्तुलनलाई अन्त्य गर्ने कुरामा ध्यान दिने बताए। उनले गतिशिल र सबल अर्थतन्त्र निर्माण गर्ने चुनौति रहेको जनाए।

—न्युज एजेन्सी नेपाल