काठमाडौँमा सहकारी पीडितको प्रदर्शन (तस्वीरहरू)


काठमाडाैँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले काठमाडौँमा मानव साङ्लो प्रदर्शन गरेको छ ।

पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भएपनि कार्यान्वयन नगरेको भन्दै पीडितहरूले बिहीवार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर बिरोध जनाएका छन्  सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि बारम्बार आन्दोलन गर्दै आएका छन् ।

सरकार संवेदनशील नभएको उनीहरूकाे गुनासाे छ । उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो वचतको सुरक्षा खोइ ? लगायतका नारा लगाइ मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।

तस्विर: न्युज एजेन्सी नेपाल