नेप्सेमा झिनो गिरावट, कारोबार रकम २१ अर्ब माथि


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज –नेप्से)का अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये ६ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आजको दिन नेप्सेमा कारोबार रकमका आधारमा हिमालय रि इन्स्योरेन्स सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको ५९ करोड ७५ लाख ९९ हजार २ सय ३८ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार नेप्से परिसूचक घटेपनि ५ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज पिपुल्स हाइड्र«ोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९ प्रतिशतले घटेको छ ।

कुल ३३२ कम्पनीको ५ करोड १३ लाख ३१ हजार ६ सय २९ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार ७ रुपैयाँको कारोबार हुने नेप्सेले जनाएको छ ।