प्रधानमन्त्री ओली भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने


काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले आगामी भदौमा थाइल्याण्ड भ्रमणमा जाने भएका छन् ।

आगामी सेप्टेम्बर ४ र ५ (भदौ १९ र २० गते) बैंककमा हुने बहुक्षेत्रीय प्राविधिक एवम् आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली त्यसतर्फ जाने भएका हुन् ।

बिम्स्टेकमा नेपालसहित थाइल्याण्ड, भारत बंगलादेश, भुटान, श्रीलंका र म्यानमार सदस्य छन् ।