भारतको विदेशी मुद्रा सञ्चिति ६६७.३ बिलियन अमेरिकी डलरमा झर्‍यो


काठमाडाैँ । भारतको विदेशी मुद्रा सञ्चिति ३.४७१ अर्ब अमेरिकी डलरले घटेको छ । २६ जुलाईमा सकिएको सातामा डलर ६६७.३८६ बिलियन डलर पुग्ने भारतीय रिजर्भ बैंक (आरबीआई) को साप्ताहिक तथ्याङ्कले सार्वजनिक गरेको छ ।

विदेशी मुद्रा सञ्चिति दुई साता लगातार बढेर गत जुलाई १९ मा समाप्त भएको साता ६७०.८५७ अर्ब डलर पुगेको थियो । विदेशी मुद्रा सञ्चितिको प्रमुख घटक विदेशी मुद्रा सम्पत्ति १.१७१ अर्ब डलरले घटेर ५८६.८७७ अर्ब डलर पुगेको तथ्यांकले देखाएको छ ।

यो साता सुनको सञ्चिति पनि २.२९७ अर्ब डलरले घटेर ५७.६९५ अर्ब डलर पुगेको आरबीआईको तथ्यांकले देखाएको छ ।