काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले दुईओटा कम्पनीमा ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले दीर्घकालीन लगानी गर्ने नीतिअनुसार विजय श्री सुगर मिल्स लिमिटेड र भिजन टेस्ला पावर प्रालिमा लगानी गर्ने निर्णय गरेको हो ।
कम्पनीले विजय श्री सुगर मिल्स लिमिटेडमा प्रतिसेयर १०० रुपैयाँका दरले २५ करोड रुपैयाँको २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्ने निर्णय गरेको छ ।
त्यस्तै, भिजन टेस्ला पावर प्रालिले प्रवर्धन गरेको संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन २४.९२१ मेगावाट क्षमताको इन्दुवा खोला जलविद्युत् आयोजनामा प्रतिसेयर १०० रुपैयाँका दरले १५ करोड रुपैयाँको १५ लाख कित्ता संस्थापक सेयर खरिद गर्ने निर्णय गरेको छ ।
हाथवे इन्भेष्टमेन्टले आफ्नो लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दीर्घकालीन लगानी गर्ने नीतिअनुसार यी दुई कम्पनीमा लगानी गर्ने निर्णय गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्