काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासङ्घले बाढीप्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेको नेतृत्वमा गएको महासङ्घको टोलीले सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । भाेटेकाेशी बाढी प्रभावितका लागि सहयोग उठिरहेको छ ।
सोहीक्रममा महासङ्घले पनि प्रधानमन्त्री राहत कोषका लागि रकम हस्तान्तरण गरेको हो ।
महासङ्घले बाढी आउने वित्तिकै प्रेस विज्ञप्ति जारी गरेर बाढीपीडित नागरिकहरूको घाउमा मलम लगाउन, राहत सामाग्री पुराउन र उनीहरूको पुनस्थापनाका लागि सरकार र नागरिक समाजसँग काँधमा काँध मिलाएर अगाडि बढ्न पूर्ण प्रतिबद्ध रहेको जनाएको थियो ।


प्रतिक्रिया दिनुहोस्