देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो (फोटो फिचर)


काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको छ । आइतवार ललितपुरको जावलाखेलमा जात्राको अन्तिम दिन भोटो देखाइएको हो ।

मत्स्येन्द्रनाथको रथ जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । अवलोकनका लागि राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलसहितका उच्च पदस्थ व्यक्तिहरूले टिका, प्रसाद ग्रहण गरेका थिए ।

तस्विर: न्युज एजेन्सी नेपाल