‘भिजियोल फ्लाईट रुटअनुसार नचल्दा एयर डाइनेष्टीको हेलिकप्चर दुर्घटना भयो’


काठमाडाैँ । नेपाल नागरिक उडडयन प्राधिकरणले चालक दलको कमजोरी कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी बिहीवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

उनले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानविन समितिले दिने पनि बताए । सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर) ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ ।

महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरित हेलिकप्टर बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गरे ।

“ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादल भित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ । यो चाहीँ पाईलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानूनल वर्जित गरेको विषय हो । यो रुटकज भनेको चाँही भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा । यसको डिटेल इन्भेष्टिगेशनत सरकारले गठन गरेको आयोगले नै बताउला,”उनले भने ।

साउन २३ गते बुधवार (हिजो) सो हवाईजहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो ।