भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहन्छौँः गृहमन्त्री


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले सरकार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहेको बताएका छन् ।

बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धीको छलफल जीवन्त, सान्दर्भिक, विषयवस्तु केन्द्रित र महत्वपूर्ण रहेको बताए । अहिलेको विधेयकको विषयवस्तु, भ्रष्टाचारका बारेमा सरकारको शुन्य सहनशिलता, भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त सरकारले आफ्ना सम्पूर्ण शक्तिहरु लगाउने बताए ।

गृहमन्त्री लेखकले समितिले बोलाउँदा सबैकाम छोडेर आफू उपस्थित हुने प्रतिवद्धता जनाए ।