काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले मिति २०८१ सालको श्रावण १७ गते प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो।
बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरू लगायतको लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरुको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय र्याडियन्ट इन्फाेटेक नेपाल प्रा. लि. बाट उक्त डिजिटल हस्ताक्षर लिएको हो ।
डिजिटल हस्ताक्षर प्रणाली सुचारु भए पश्चात् कम्पनी रजिष्ट्रारको कार्यालयसंग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुने बैंकले जनाएकाे छ। बैंकका अनुसार भौतिक रूपमा उपस्थित भई कागजात पेश गर्नुपर्ने बाध्यता हट्नेछ। यसका साथै भविष्यमा पनि डिजिटल हस्ताक्षरको प्रयोगलाई बढाई आफ्नो कार्य प्रक्रियालाई पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य बैंकले बोकेको छ।
प्रतिक्रिया दिनुहोस्