नेप्सेमा ३४ अंकको वृद्धि, कारोबार २३ अर्ब माथि


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये तीन ओटा उपसमुह बाहेक १० ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

बुधबार कारोबार रकमका आधारमा हिमालय रिइन्स्योरेन्स सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको ८६ अर्ब ५८ करोड ५८ लाख ३ सय ७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ९ ओटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन मन्दाकिनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्द धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लगेको छ ।

कुल ३३२ कम्पनीको ५ करोड १२ लाख ३० हजार ३ सय ४० रुपैयाँको सेयर कारोबार हुँदा २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १ सय ५० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।