बिहीबार ४३ अंकले बढ्यो नेप्से, २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजार ४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रहेको छ ।

आजको दिन ३ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० अंकले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर किनबेच हुँदा २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।