यू एन भि स्टोरको ओपनिङ, २० प्रतिशतसम्म डिस्काउण्ट अफर


काठमाडाैँ । चिनियाँ टेक जाईन्ट कम्पनी यू एन भि ले आफनो नयाँ अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । राजधानी काठमान्डौको सिटिसि मल सुन्धाराको दोस्रो तल्लामा बुधवार व्यवसायी मिनबहादुर गुरुङ, रोवोर्ट तथा कम्पनीका साउथ एसिया डिरेक्टर स्टेभन टिएनले संयुक्त रुपमा सोरुमको उद्धघाटन गरे ।

सोरुममा यू एन भि कम्पनीका नयाँ प्रविधिमा आधारित सर्भिलेन्स सिस्टम ,अटोमेटिक डोरलक सिस्टम, फेस रिकगनाईजेसनमा आधारित एटेन्डस सिस्टम (ई–हाजिरी), भिडियो ईन्टरकम सिस्टम, ६५ ईन्च, ७५ ईन्च, ८६ ईन्च र ९८ ईन्चका स्मार्ट ईन्ट्रयाक्टिभ बोर्ड लगाएतका डिजिटल सेक्युरीटिका सबै प्रोडक्ट र सर्भिसहरु उपलब्ध हुने यू एन भि स्टोर प्रा.ली का डिरेक्टर हरिराम रिमालले बताए । त्यसैगरी निकट भविष्यमा नै नेपालमा अत्याधुनिक रुचाईएको ईभि कार को चार्जिङ स्टेशनहरुमा सहकार्यको लागी छलफल भईरहेको पनि रिमालले बताए ।

कार्यक्रमका प्रमुख अतिथी भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङले आफुहरुले यो टिमसँग विगत १६ बर्षयता डिजिटल सोलुसन लिईरहेको र भविष्यमा अझ नयाँ टेक्नोलोजीहरुमा सहकार्य गर्न आफुहरु ईच्छुक रहेको बताए ।

त्यसैगरी यु एन भी कम्पनीका साउथ एसिया डिरेक्टर स्टेभन टिएनले साउथ एसियामै नेपालीहरु व्यवसायिक रुपमा ईमान्दार र मेहनती रहेको र आँफुहरु नेपालमै टेक्नोलोजीको क्षेत्रमा लगानी बढाउन ईच्छुक रहेको बताए ।

यू एन भी स्टोरका संस्थापकद्धय हरिराम रिमाल र बद्रिप्रसाद रिमालले उमेरले युवा भएपनि आँफुहरुले ५ वर्ष सहकार्य गर्दा व्यवसायिक रुपमा परिपक्व पाएको बताए ।

शुभारम्भको अवसरमा स्टोरले ओपनिङ डिस्काउण्टको रुपमा प्रायः सवै प्रोडक्टहरुमा २० प्रतिशत डिस्काउण्ट उपलब्ध गराएको र अर्को सुचना नआएसम्म डिस्काउण्ट कायम रहने डिरेक्टर रिमालले बताए ।

स्टोरको उद्धघाटन सत्रमा ४ सय भन्दा धेरै सहभागीहरुले स्टोरको अवलोकन गरेको र देशभर १ सय ५० भन्दा धेरै डिलरहरुले काम गरिरहेकोले देशैभर यू एन भि का उत्पादनहरु उपलब्ध रहेको र स्मार्ट स्टोरहरुलाई विस्तार गर्दै जाने यू एन भि नेपालका सेल्स हेड सार्दक अधिकारीले बताए । 

Skip This