काठमाडौँ । शुक्रबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको १ लाख ५० हजार ५०० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ७६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्