दिगो आर्थिक विकासको लागि नीतिगत सुधार सरकारको प्राथमिकताः मन्त्री भण्डारी


काठमाडाैँ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दिगो आर्थिक विकासको लागि नीतिगत सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आजको आवश्यकता रोजगारी, उद्यमशीलता, औद्योगिक क्षेत्रको विकास, औद्योगिक पूर्वाधारको विकास रहेको बताएका हुन् ।

उनले लगानीमैत्री वातावरण बनाइ सरकारले देश विकासका लागि काम गरिरहेको बताए । उनले संघीय सरकारमा कानून नबन्दा प्रदेश र स्थानीय सरकार पनि प्रभावित हुने बताए ।

मन्त्री भण्डारीले अन्तरमन्त्रालयसँग समन्वयको जटिलता फुकाउने गरी सरकारले काम गरिरहेको पनि बताए ।