नेप्सेमा झिनो अंकको वृद्धि, १८ अर्बको कारोबार


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयर बढेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयर घटेको छ ।

बुधबार पनि लगानीकर्ताको आर्कषण हिमालय रिइन्स्योरेन्समै रहेको छ । कारोबार रकमका आधारमा हिमालय रिइन्स्इोरेन्स सबैभन्दा अग्रस्थानमा रहेको छ । कम्पनीको ६६ करोड २ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ४ ओटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ४ ओटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन कर्णाली डेभलपमेन्ट बैंकका लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल ३३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२ रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।