‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ योजना सार्वजनिक


काठमाडाैँ । होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले होन्डा कार दसैँ उपहार अफरमाथि अफर नामक योजनाको घोषणा गरेको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकहरूले होन्डाका कुनै पनि मोडलका कारको खरिदमा ५ लाखसम्मको नगद छुट, दुई वर्षका लागि गाडीको बीमा र कर छुट, ५ वर्षसम्म गाडीको सर्भिसिङ सुविधा निस्शुल्क पाउने कम्पनीले जनाएकाे छ ।

ग्राहकहरूलाई इजी फाइनान्सको सुविधा दिनका लागि होन्डा कार खरिद गर्दा आकर्षक ब्याजदरका साथ २० प्रतिशतसम्मको डाउन पेमेन्ट सुविधा कम्पनीले उपलब्ध गराइरहेको छ ।

ग्राहकहरूलाई अझ आकर्षक योजना ल्याएर लाभान्वित गराउने उद्देश्यले फ्रि एसेसरिज र स्पोट एक्सचेन्जको पनि सुविधा उपलब्ध गराउने कम्पनीले बताएको छ ।

साथै, होन्डाले आफ्ना ग्राहकहरूलाई रोड साइड एसिस्टेन्सको सुविधाका साथै दुई वर्ष अथवा कार १ लाख किलोमिटरसम्म वारेन्टी दिइने बताइएको छ ।