धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति हुन सक्दैनः अर्थमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताएका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकमा धितोपत्र सम्बन्धि संशोधन विधेयकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले संविधान र कानूनसंम्मत ढङ्गले चल्ने भएकाले बोर्डको अध्यक्ष कानून रुपमा विधिसंगत ढङ्गले नियुक्ति हुने बताएका हुन्।

पौडेलले कानून र व्यवस्था भन्दा बाहिर गएर लगानीकर्ता वा भोटबाट छनोट गर्नेकुरा कल्पना गर्न नसकिने उल्लेख गरे। उनले कानून राज्यमा कानून र संविधान भन्दा बाहिर सरकार जान नमिल्ने कुरा सांसदहरुलाई जानकारी हुन आवश्यक रहेको जनाए।

अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तमा सरकारले मन लागेको गर्ने छुट नभएको चर्चा गर्दै सरकारले डियु कोर्षबाट कानूनसम्मत ढङ्गले योग्य र इमान्दार पात्रको छनोट गरिने प्रतिवद्धता जनाए।

उनले योग्यता र इमान्दारिताको निरपेक्ष परिभाषा नहुने भन्दै प्रतिष्पर्धीहरुका बीचबाट छनोट गरिने बताए। सांसदहरुले इच्छुकहरुभन्दा बाहिरका पात्रहरुलाई अध्यक्षमा ल्याउनुपर्ने धारणा आएको भन्दै प्रतिष्पर्धा भन्दा बाहिर रहेका व्यक्तिहरु योग्य भए पनि सरकारले छनोट गर्न नसक्ने बताए।

धितोपत्र बोर्डको अध्यक्षमा गैरराजनीतिक पात्रको खोजी गर्न नसकिने पनि अर्थमन्त्री पौडेलको स्पष्टोक्ती छ । मुलुक दलिय व्यवस्थामा सञ्चालन हुने भएको भन्दै दल र दलहरुको भूमिका बिना अहिलेको व्यवस्था परिकल्पना गर्न धारणा राखे।

पौडेलले धितोपत्र बोर्डको अध्यक्ष पनि निरपेक्ष ढङ्गले दलभन्दा बाहिरको मान्छे खोजी गर्न सम्भव नभएको जिकिर गर्दै दलिय आस्थाका आधारमा जिम्मेवारीमा रहँदा निर्णय गर्ने नपाउने अपेक्षा स्वभाविक भएको पनि बताए।

पौडेलले भने, “हामी निरपेक्ष ढङ्गले दलभन्दा बाहिरको मान्छे खोजी गर्छौं । दल भन्दा बाहिरको मान्छे खोजि गर्न सम्भव होला ? उसले दलिय आस्थाका आधारमा निर्णय गर्ने बेलामा काम नगरोस भनि आग्रह गर्नुजाहेज हो । तर दल भन्दा बाहिरको पात्र खोजि ग¥यो भने अन्यन्त्र कतै बरालिन पुग्छौं । त्यस्तो गरिनु हुँदैन भन्ने लाग्छ । बोर्डमा इमान्दार र योग्य पात्रको विधिसम्मत रुपमा छनोट हुन्छ ।”

अर्थमन्त्री पौडेलले पुँजीबजारमा इन्साइडर टे«डिङ,सामाजिक सञ्जालको दुरुपयोग गरेर लगानीकर्तालाई भ्रममा पार्ने नसक्ने र पुँजी बजार बललको रुपमा नभई दिगो रुपमा विकास होस् भन्ने भावका साथ विधेयक संशोधन गर्न लागेको बताए।

झुटो प्रचार,भ्रमक अभिव्यक्ति दिने र लगानीकर्तालाई भ्रममा बनाउन नदिने विषयमा विधेयकले सम्बोधन गर्ने उनको भनाइ छ। बजारमा अराजकता फैलन नदिने गरी विधेयकमा व्यवस्था गरिएको पनि जानकारी दिए।

बजारमा अनुशासनहिनता, स्वेच्छाचारिताका क्रियाकलाप नहुने, लगानीकर्ता पीडित नहुने गरी कानूनको तयारी भएको भनाइ पौडेलको छ।

वित्तीय साक्षरताको कमी र केही खेलाडीहरुले बजारलाई प्रभावित बनाउन सक्ने भन्दै त्यसलाई कम गर्न नियमनको प्रभावकारी प्रवन्ध हुने जानकारी दिए।

—न्युज एजेन्सी नेपाल