अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको अध्यक्षमा राजेशकाजी निर्विरोध निर्वाचित


काठमाडौँ । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आइसीसी) नेपालको सम्पन्न साधारणसभाबाट राजेशकाजी श्रेष्ठ अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । उनको नेतृत्वमा विभिन्न व्यावसायिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने पदाधिकारीहरु र कार्यसमिति सदस्यहरु निर्वाचित हुनु भएका छन् ।

जस अनुसार निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल के.सि., इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरुकोतर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा रहेका छन् । महासचिवमा नरेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुश प्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे पनि निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा भने क्रमशः ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिन बहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देश बन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषक राज पौडेल निर्वाचित हुनु भएको छ ।