काठमाडाैँ । सहकारीको रकम अपचलनको आरोपमा सम्पर्क बाहिर रहेका बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर २० लाख धरौटीमा बिहीबार रिहा भएका छन् ।
थुनछेक बहसमा जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले पुर्पक्षको लागि कुँवर धरौटीमा रिहा भएकाे जिल्ला अदालत स्याङ्जाले जनाएकाे छ ।
सूर्योदय बचत तथा ऋण सहकारी लिमिटेड बिरुवा सेवा केन्द्रको रकम अपचलन गरेको आरोपमा सम्पर्क बाहिर रहेका कुँवर आफैँ अदालत उपस्थित भएका थिए ।
सूर्योदय बचत तथा ऋण सहकारीका प्रबन्धक ध्रुव नारायण श्रेष्ठले गत साउन १० गते बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेविरुद्ध रकम अपचलनको उजुरी दिएका थिए ।
गत साउन ११ गते नै वाग्लेलाई पक्राउ गरेको थियो भने वाग्लेकै बयानको आधारमा गत साउन २८ गते सेवा केन्द्रका संयोजक बिरुवा ७ का तारेन्द्रबहादुर केसी र पुतलीबजार नगरपालिका १४ का सन्ध्या भण्डारीलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस्