‘नाडा अटाे शाेमा’ हुन्डाईः ‘मेड इन नेपाल हुन्डाई भेन्यु’ ले ल्याएकाे फरकपन

हुन्डाईले हालैमात्र आधिकारिक रूपमा नेपालमै उत्पादन गरेकाे कारकाे प्रदर्शनी आकर्षक तरिकाले गरेकाे छ । यसले स्वेदशी उत्पादनका कारण मेलालाई थप आर्कण र आफ्नोपनको आभाष दिएकाे अवलाेकनकर्ताकाे प्रतिक्रिया रहेकाे छ।

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा चलेको ‘नाडा अटो शो २०२४’ मा राखिएका चिनियाँ ब्राण्डका नाम चलेका वा नचालेका सवारी साधनको अवलोकनमा अधिक समय विताएका अवलोकनकर्ताका लागि हुन्डाईकाे ‘मेड इन नेपाल हुन्डाई भेन्यू’ ले मेलामा फरक स्वाद पस्केकाे छ।

हुन्डाईले हालैमात्र आधिकारिक रूपमा नेपालमै उत्पादन गरेकाे कारकाे प्रदर्शनी आकर्षक तरिकाले गरेकाे छ । यसले स्वेदशी उत्पादनका कारण मेलालाई थप आर्कषित र आफ्नोपनको आभाष दिएकाे अवलाेकनकर्ताकाे प्रतिक्रिया रहेकाे छ।

करिब ८० प्रतिशत विद्युतीय सवारीले भरिएको अहिलेकाे नाडा अटो शोमा नेपालकाे अटो क्षेत्रकाे इतिहासदेखि विरासत बोकको हुन्डाईले नेपालमा नै बनेको हुन्डाई भेन्यूलाई शाेकेश गरेको छ । अवलाेकनकर्तालाई समेत नेपालीपनको आभाष दिएको हाे ।

नाडा अटो शो २०२४ काे प्रदर्शनी हलमा राखिएकाे ‘मेड इन नेपाल हुन्डाई भेन्यु’ नवलपरासीको रामग्राममा रहेको एसेम्बली प्लान्टबाट एसेम्बल भएर आएको छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले सो प्लान्ट स्थापना गरेको हो । हुन्डाई भेइकल एसेम्बली प्लान्ट १० बिघा क्षेत्रफलमा फैलिएको छ ।

वार्षिक ५ हजार कार उत्पादन गर्ने क्षमता भएको डेढ अर्ब रूपैयाँ लगानी गरिएकाे एसेम्बली प्लान्टमा हाल एसेम्बली सप र टेस्ट लाइनको कार्य भइरहेको छ । नाडामा प्राथमिकताका साथ राखिएकाे हुन्डाई भेन्यु एसको मूल्य ४४ लाख ९६ हजार र हुन्डाई भेन्यु एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल बजार प्रबन्धक सन्दिप शर्मालेले मेलामा क्रेटा र भेन्युकाे बुकिङ अपेक्षा अनुसार राम्राे भएकाे जनाकारी दिए । उनले नेपालमा भेन्यु बनेकाे हाे भन्ने जानकारी नभएका उपभाेक्ताका लागि मेलामा यस विषयमा चिनाउन केन्द्रीत गरिएकाे बताए।

उसो त सवारी साधन आयात गर्नु आफैँमा नेपालकाे लागि बाध्यता पनि हो । नेपालमै सवारी साधन उत्पादन गर्न सक्ने सहज अवस्था बनिसकेकाे देखिँदैन । विदेशबाट सवारी साधनका लागि आवश्यक पार्टस् भित्राएर नेपालै सवारी साधन एसेम्बल गर्दा भने केही फाइदा हुने देखिन्छ ।

नेपालमा सवारी साधन एसेम्बल गर्ने हुन्डाई पहिला उद्योग होइन विगतमा पनि चार पांग्रेतर्फ हुलास मोटर्सले नेपालमै गाडी एसेम्बल गरेपनि सरकारी नीति असहयोग बन्दा उद्योग नै बन्द गर्नु परेको तीतो यथार्थ समेत छ ।

स्वदेशमै सवारीसाधनको एसेम्बल लगाउने विषय सुन्दा जति आकर्षक देखिन्छ यसभित्रका समस्या र चुनौतिहरू केलाउँदै जाँदा उत्तिकै चुनौतीपूर्ण देखिएको छ तर विगतदेखि नै बजाज र टीभिएका दुइ पाङ्ग्रे सवारी साधन एसेम्बल हुँदै आएका छन् ।

गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरै को रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ । मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुबिधाहरू रहेका छन्।

हुन्डाईले नेपालमा आजभन्दा चार वर्षअघि कोना इभी नेपाली बजारमा ल्याएको थियो। तर नाडा अटाे शाे २०२४ मा काेना भने राखिएकाे छैन तर हुन्डाईको २०२४ मोडलको नयाँ क्रेटा नाडामा राखिएको छ । लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो ।

गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले धेरै को रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ । मिड साइज एसयूभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुबिधाहरू रहेका छन्।

नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लीक क्वाड बीम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ । साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्वीलहरू पनि रहेका छन्। त्यसैगरी, पछाडि भागमा कनेक्टिंग एलईडी टेललाइट सेटअप र रीडिजाइन गरिएको बम्पर समावेश गरिएको छ ।

नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ । यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड – स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेशर मोनिटरिङ्ग सिस्टम (हाईलाइन) ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ।

गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ । यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन् । जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसीपूर्ण ड्राइभिङ अनुभव दिने कम्पनीकाे विश्वास छ।

नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ । यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभीएम), ब्लाइन्ड – स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेशर मोनिटरिङ्ग सिस्टम (हाईलाइन) ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ।

बिगत एक दशक भन्दा बढी समय देखि नेपालमा हुन्डाई गाडीहरू उपलब्ध गराईरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले उत्कृष्ट सेवा र ग्राहक को सन्तुष्टिलाई प्राथमिकता राखदै आएको छ। प्रिमियम तथा गुणस्तरीय सवारी, उच्च रीसेल भ्यालु र उत्कृष्ट बिक्री पछी को सेवा ले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताहरूको शीर्ष रोजाईमा रहँदै आएको कम्पनीकाे दाबी छ ।

मेलामा हुन्डाई आयोनिक ५ ईभी र ग्रान्ड आई १० नियोस लगायतका सवारी साधन समेत राखिएकाे छ ।