काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ४१ अर्ब ११ करोड रुपैयाँबराबरको सार्वजनिक ऋण थपिएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।
साउनमा महिनामा ४० अर्ब रुपैयाँ आन्तरिक ऋण र ३ अर्ब ५९ करोड रुपैयाँ बराबर वाह्य थपिएको छ ।
सरकारले साउनसम्मको तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४३.३४ प्रतिशत हुन आउँछ । जसम्ध्ये बाह्य जिडीपी २२ प्रतिशत र आन्तरिक जिडीपी २१ प्रतिशत रहेको छ ।

साउन मसान्तसम्म सरकारले १९ अर्ब २७ करोड रुपैयाँ सार्वजनिक ऋण भुक्तानी गरेको छ । जसमध्ये १७ अर्ब आन्तरिक र २ अर्ब २७ करोड वाह्य ऋण भुक्तान गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । साउन मसान्तसम्ममा ४३ अर्ब ५९ करोड रुर्पयाँ ऋण प्राप्त भएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्त ७.९७ प्रतिशत रहेको छ । त्यसमध्ये आन्तरिक ऋण प्राप्ती १२.१२ प्रतिशत र बाह्य ऋण प्राप्ती १।६६ प्रतिशत रहेको छ ।
गत असार मसान्तसम्म कुल सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड थियो । यसमा आन्तरिक ऋण हिस्सा ११ खर्ब ८० अर्ब र वाह्य ऋण हिस्सा १२ खर्ब ५० अर्ब थियो ।
प्रतिक्रिया दिनुहोस्