नाडा अटो शो २०२४ सम्पन्नः ८२ हजार ४७० जनाले गरे अवलोकन


काठमाडौँ । सवारी साधनहरूको बृहत प्रर्दशनी नाडा अटो शो २०२४ सम्पन्न भएको छ । टाटा डट इभिद्धारा प्रायोजित नाडा अटो शो को १६ औं संस्करणको मेला भव्यताका साथ सम्पन्न भएको आयोजक संस्था नाडा अटो मोबाइल एसोसिएसनले दाबी गरेको छ ।

भदौँ ११ गतेदेखि १६ गतेसम्म आयोजना भएको मेलामा मा ८२ हजार ४७० दर्शकहरूले अवलोकन गरेका छन् । निकै ब्यवस्थित रूपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रूपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रूपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरूका कारण यो प्रदर्शनी गत बर्षहरूमा भन्दा निकै भब्य रूपमा सम्पन्न भएको मेला संयोजक अनुप बरालले बताए ।

त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल सि.जि मोेटर्स प्रालि रीडराले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल ब्रैैद्य इनर्जि प्रा.लि अथेरले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड एम.ए.डब्लुु प्र्रालि सोकोनले जितेको छ । यसैगरी वेष्ट कम्पोनेण्टको पुरस्कार सत्यदिप इण्टरनेशनल प्रा.लि भिडोलले जितेको छ ।

नाडा अटो शो २०२४ का सह-प्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो । यस वर्षको थप आकर्षणमा हिरो जुम स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो ।

नाडा अटो शो २०२४ कै सन्दर्भमा नाडाले रक्तदान कार्यक्रम समेतको आयोजना गरेको थियो । नाडा केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमा रक्तदान गर्न चाहने कुल १२८ जना मध्ये योग्य ठहरिएका ६३ जनाले रक्तदान गरेका थिए ।

नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२४ लाई सफल बनाउन सहयोग पु¥याउने सवै सरोकारवाला कम्पनी र संस्था सबैलाई धन्यवाद दिए । नाडा अटो शो २०२४ सम्पन्न गर्न अध्यक्ष चौधरीकै अध्यक्षतामा ५ सदसिय नाडा अटो शो २०२४ व्यवस्थापन समिति गठन गरिएकोे थियो । ६ दिनसम्म चलेको सो प्रदर्शनीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समेत अवलोकन गरेका थिए ।