काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एव पूर्वमन्त्री धनराज गुरुङलाई सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना गरेको आरोप लागेको छ ।
गुरुङविरुद्ध ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी गरेका छन् ।
धनराज र उनकी श्रीमती ज्योति गुरुङ मिलेर सहकारीबाट निकालेको १४ करोड ८१ लाख रुपैयाँ नतिरेको उजुरी कुम्भराजले प्रहरीमा हालेका हुन् । उनैले नेकपा एमालेका सांसद सूर्यबहादुर थापाको अध्यक्षतामा गठित संसदीय समितिमा पनि उजुरी हालेका छन् ।
प्रतिक्रिया दिनुहोस्