काठमाडाैँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको १ हप्तामा सयभन्दा बढी युनिट काठमाडौँमा डेलिभरी गरिसकेको छ ।
पन्च इभीको नाडाको पहिलो दिनमै १०० भन्दा बढी बुकिङ्ग लिएर बिक्रि सुरू भएको थियो । पन्च इभीको बुकिङ्ग उत्साहजनक रहेको र अब कम्पनिको जिम्मेबारी जति सक्दो छिटो, बुकिङ्ग गर्नु भएको ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताउनुहुन्छ । साथै पन्च इभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ ।
टाटा पन्च इभीको शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरू – भ्वाइस एसिस्टेड सनरुफको साथै ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷ एप्पल कार प्लेको आनन्द लिन सक्ने कम्पनीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्