जोर्डनको संसदीय निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक


काठमाडौँ । जोर्डनको स्वतन्त्र निर्वाचन आयोगका अध्यक्ष मुसा मायताहले देशको २० औं संसदीय निर्वाचनको प्रारम्भिक नतिजा घोषणा गरेका छन् ।

स्वतन्त्र निर्वाचन आयोगको आयुक्त मण्डलले स्थानीय निर्वाचन जिल्ला र सामान्य जिल्लाको प्रारम्भिक नतिजालाई अन्तिम नतिजा राजपत्रमा प्रकाशित गर्ने भएकाले स्वीकृत गर्ने निर्णय गरेको छ ।

मङ्गलवारको निर्वाचनमा ५१ लाख योग्य मतदातामध्ये १६ लाखभन्दा बढीले सहभागिता जनाएकामा ३२।१३ प्रतिशत मतदाता रहेको बताइएको छ । कोटा प्रणाली मार्फत १८ सहित संसदमा कुल २७ महिला सिट प्राप्त भएको छ ।

जसले अघिल्लो व्यवस्थापिकाको महिला प्रतिनिधित्वलाई प्रभावकारी रूपमा दोब्बर बनाएको छ । ६ युवा उम्मेदवारहरू निर्वाचित भएका छन् । ३१ वटा दलसँग आवद्ध उम्मेदवारहरूले १०४ सिट जितेका छन् ।

मंगलवारको चुनाव जोर्डनको नयाँ चुनावी कानून अन्तर्गत पहिलो हो । २०२२ मा पेश गरिएको थियो । जसले सांसदहरूको संख्या १३० बाट १३८ मा बढाएको छ । महिला र युवा उम्मेदवारहरूको प्रतिनिधित्व बढाउने लक्ष्य राखेको छ । अन्तिम नतिजा आगामी दिनमा राजपत्रमा प्रकाशित हुनेछ । न्युज एजेन्सी नेपाल