अल हरमिनका परफ्युम नेपालमा


काठमाडाैँ । नेपालमा अल हरमिनका परफ्युम पाइने भएको छ ।युएईको प्रतिष्ठित परफ्युम ब्राण्ड मध्येको एक अल हरमिनका उत्पादन नेपाली बजारमा पाइने भएको हो ।

बुधवार काठमाडौँमा एक कार्यक्रम गरि अल हरमिनका परफ्युमको उत्पादन सार्वजनिक गरियो । युएईको प्रतिष्ठित परफ्युम ब्राण्ड मध्येको एक अल हरमिनले विश्वका दर्जन बढी देशमा आफ्ना उत्पादनहरू विक्री, वितरण गर्दै आएको छ ।

नेपालमा इना सेन्टरले भित्राएको अल हरमिनका उत्पादन काठमाडौंका विभिन्न आउटलेटमा पाइनेछ । नेपालमा फेसन ट्रेन्डसँगै गुणस्तरीय परफ्युम इतर प्रयोग गर्नेको संख्या बढेको इना सेन्टरका प्रमुख उद्धव बर्तौलाले बताए । पछिल्लो समय स्तरीय परफ्युमको माग बढीरहेको पनि उनले बताए ।

नेपाली बजारमा सयभन्दा बढी ब्राण्डका परफ्युम उपलब्ध छन् । सामान्य परफ्युमदेखि ३० हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने परफ्युम बजारमा उपलब्ध छ । विश्व बजारमा युरोपेली देशमा उत्पादन भएका परफ्युमलाई मध्यपूर्वका उत्पादनले विस्थापित गर्न थालेको छ ।