३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिनको लागि ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।

यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुने जनाइएको छ । यसको साँवा ब्याज राष्ट्र बैंकले असोज २० भुक्तानी गर्ने उल्लेख गरेको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।