दुई महिनामा निर्जीवन बिमा कम्पनीहरूको कुल व्यवसाय ७ अर्बमाथि, कुनले कति गरे ?


काठमाडौँ । चालु आर्थिक बर्ष २०८१\०८२ को दोस्रो महिना भदौसम्म निर्जिवन बिमा कम्पनीहरूले ७ अर्ब ७४ करोड रुपैँया कुल बिमाशुल्क आर्जन गरेको छन्।

संचालनमा रहेका १४ वटा निर्जीवन बिमकले ४ लाख २८ हजार ०६८ वटा बिमा पोलिसी बिक्री गरी ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका हुन् ।

सो अवधिसम्म सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बिमाशुल्क आर्जन गरेको छ। कम्पनीले १ अर्ब १ करोड २१ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो ।

त्यसैगरि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ८१ करोड ३३ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ भने शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिमा ७२ करोड ३४ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६० करोड २३ लाख, रुपैयाँ कुल बिमाशुल्क संकलन गर्दा नेको इन्स्योरेन्स कम्पनीले ५८ करोड ८९ लाख लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो । सोही अवधिमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ५८ करोड १ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको बिमा प्राधिकरणले सार्वजनिक गरेको तंथ्याङ्कले देखाएको छ ।

त्यसैगरि राष्ट्रिय बिमा कम्पनीले ५४ करोड ५३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ४८ करोड १६ लाख रुपैयाँ बिमा शुल्क संकलन गर्दा यूनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ५१ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।

यता ओरिएण्टल इन्स्योरेन्सले ४४ करोड ३१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४३ करोड ७१ लाख,लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको छ ।

त्यस्तै सानिमा जिआइसी इन्स्योरेन्सले ३९ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने नेशनल इन्स्योरेन्सले ३७ करोड २६ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको हो । प्रभु इन्स्योरेन्सले २९ करोड ४१ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेको प्राधिकरणको तंथ्याकले देखाएको छ ।