विद्युतीय सवारी साधनको आयातमा १४० प्रतिशत वृद्धि, ३५ अर्ब माथिको आयात


काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ३५ अर्ब रुपैयाँभन्दा माथिको विद्युतीय सवारी साधनको आयात भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो आर्थिक बुलेटिन अनुसार सो आर्थिक वर्षमा ३५ अर्ब ६९ करोड बराबरको विद्युतीय सवारी साधनको आयात भएको हो।

यो संख्या अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा १४० प्रतिशतले बढी हो, जसले नेपालको विद्युतीय सवारी साधनको बजारमा ठूलो वृद्धि भएको संकेत गर्दछ। सरकारलाई यस्ता सवारी साधनको आयातबाट प्राप्त राजस्वमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। बुलेटिनका अनुसार, यस अवधिमा राजस्व समग्रमा २७७.५ प्रतिशतले वृद्धि भएको छ।

पर्यावरणमैत्री यातायातको प्रवर्द्धन र आयातमा भइरहेको बढोत्तरीले नेपालमा विद्युतीय सवारी साधनप्रति उपभोक्ताको आकर्षण र सरकारी नीतिहरूको प्रभाव स्पष्ट देखिएको छ।