सबै सुरक्षित स्थानमा बस्नुहोला, उद्धार र राहतमा प्राथमिकता दिएका छौँः गृहमन्त्री लेखक


काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताएका छन् ।

केन्द्रिय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जोखिममा रहेका मानिसहरुको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताएका हुन् । उनले अहिले काठमाडौंमा मात्रै साढे सात सय भन्दा बढी जोखिममा परेका मानिसहरुको उद्धार गरिएको बताए । उनले देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरु बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज् बनउने काम भइरहेको बताए ।

उनले सबै नागरिकले शतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गरे । उनले उद्धार, राहत र घाईतेको उपचारमा सरकार गम्भीर रहेको बताए । उनले पुनःस्थापित र पुनः निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरे । उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरू बगेको भन्दै हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव नभएको जानकारी गराए । उनले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताए ।