काठमाडाैँ । माण्डु हाईड्रोपावर लिमिटेडले हाल विद्युत उत्पादन रोकिएको जानकारी गराएको छ। कम्पनीका अनुसार गत आश्विन ११ गते परेको भिषण वर्षाले बागमती खोलामा आएको बाढी र पहिरोले पावर हाउस र हेड बक्समा क्षति पुर्याएको छ।
यस घटनाका कारण प्लान्टको संञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको र स्थिति कम्पनीको नियन्त्रणभन्दा बाहिर रहेको बताइएको छ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिँदै आगामी दिनमा थप जानकारी सार्वजनिक गरिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्