रात्रीकालिन बसलाई नरोक्नेमाथि कारवाहीको प्रक्रिया अगाडी बढेको छः मन्त्री दाहाल


काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरित यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धाम छानविन भइरहेको बताएका छन् ।

बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालिन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताएका हुन् ।

उनले विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरुले बस नरोकेको भन्दै त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडी बढेको बताए । उनले वैकल्पिक राजमार्गबाट यात्रुहरूलाई काठमाडौँ बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वभाविक भएको भन्दै अध्याधिक भाडा बढाएमा भने अनुगमन हुने बताए ।

उनले भने, “जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै पनि किन बस आयो र यस्तो दुर्घटना भयो भन्ने कुराको सन्दर्भमा हामी गम्भिर नै भएका छौँ । किन त्यस्तो भयो ? सम्बन्धित प्रहरी, जहाँबाट गाडी छोड्नुपथ्र्यो त्यहाँबाट किन छोडियो भन्ने सन्दर्भमा खोजिको विषय भएको छ र त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया पनि अगाडी बढेको छ “।