आइतबार नेप्सेमा ५६ अंकको वृद्धि


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार नेप्सेमा साहस उर्जाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६३ करोड ३८ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

त्यस्तै आजको दिन न्यादी हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।

कुल ३०८ कम्पनीको १ करोड ५० लाख ४६ हजार ७ सय १० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।