एभरेष्ट बैंकको लाभांश प्रस्ताव साधारण सभाबाट पारित


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभाबाट १० प्रतिशत बोनस सेयरसहित ५.५३ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । असोज २० गते सम्पन्न सभाले सेयरधनीहरुलाई वितरण गर्ने लाभांशश प्रस्ताव पारित गरेको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८० ८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले बैंकको संचालक समितिमा सर्बसाधारण शेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मीला श्रेष्ठलाइ आगामी ४ बर्षकालागि पुनः निर्बिरोध निर्वाचित गरेको छ ।