दसैंका लागि घर जानेको संख्या बढेसँगै सुनसान बन्दै काठमाडौँका सडक (फोटो फिचर)


काठमाडौँ । नेपालीहरूको महान पर्व बडा दसैं मनाउन लाखौँको संख्यामा मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिँदा राजधानीका सडक रित्ता र सुनसान बनेका हुन्।

बढ्दो सवारी चाप कम भई काठमाडौँको वातावरण शान्त र सुन्दर देखिन थालेको छ।रोजगारी, व्यापार–व्यवसायका लागि घर छाडेर काठमाडौँ  आएकाहरू अधिकांश जसो दसैं मनाउन जन्मथलो जाने गर्छन्।

घटस्थापनासँगै यो क्रम सुरु हुन्छ। भीडभाड, सवारी जाम हुने काठमाडौँ सुनसान जस्तो देखिएको छ। सवारी जाम हुने सडकहरू फराकिलो देखिएको छ। धेरैजसो पसलका सटरमा ताला लागेका छन्।

फोटोः लक्ष्मी ज्ञवाली